साउथ ह्याम्पटनमाथि लिभरपुलको फराकिलो जितमा सलाह नायक

माघ १९, एजेन्सी । साउथ ह्याम्पटनमाथि फराकिलो जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधितर्फ अग्रसर भएको छ । घरेलु मैदानमा लिभरपुलले साउथ ह्याम्पटनमाथि ४–० को फराकिलो जित निकाल्दै लिभरपुल उपाधितर्फ अघि बढेको हो । 

प्रिमियर लिगमा अब १४ खेल बाँकी छ । अपराजित रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । लिभरपुलले २४ खेलमा जित र एक बराबरीको नतिजा निकालेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २२ अंकले पछि पारेको हो । यद्यपि सिटीले एक खेल कम खेलेको छ । सिटीको २४ खेलबाट ५१ अंक छ । पराजित साउथ ह्याम्पटन ३१ अंक जोडेर ११औं स्थानमा छ । 

एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा एलेक्स अक्सलेड चेम्वरलेन र जोर्डन हेन्डरसनले समान एक गोल गरे । ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले ४ गोलमध्ये ३ गोलको लागि असिस्ट गरेको थियो । 

घरेलु मैदानमा साउथ ह्याम्पटनलाई दवावमा राखेपनि लिभरपुलले गोलको लागि दोस्रो हाप नै कुर्नुपरेको थियो । दोस्रो हाफको शुरुमै रोवर्टाे फिर्मिनोको पासमा चेम्वरलेनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६०औं मिनेटमा फिर्मिनोकै पासमा कप्तान जोर्डन हेन्डरसनले गोल गरेपछि लिभरपुलले खेलमा २–० को अग्रता लिन सफल भयो । 

त्यसपछिको दुवै गोल सलाहको नाममा रह्यो । ७२औं मिनेटमा सलाहले कप्तान हेन्डरसनको पासमा गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बन्यो । ९०औं मिनेटमा फिर्मिनोको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–० को फराकिलो जित दिलाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =