प्रजातन्त्र दिवसमा खैरहनीमा रक्तदान

फागुन ७, चितवन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर बुधवार खैरहनीमा रक्तदान कार्यक्रम गरिएको छ । खैरहनी नगरपालिकाको सहयोगमा अनेरास्ववियू रामपुर कृषि क्याम्पस कमिटि खैरहनीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।  

सो अवसरमा ३६ जनाले रक्तदान गरेको अनेरास्ववियू रामपुर कृषि क्याम्पस कमिटिका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा चितवनका इन्चार्ज एवंम् बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनालले युवाहरुलाई एक ढिक्का भएर अघि बढ्न आग्रह गरे । सो अवसरमा अनेरास्ववियू पूर्व जिल्ला अध्यक्ष केशव कडेंल, खैरहनी ६ का वडाध्यक्ष रामशरण पाण्डे, उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *