जनयुद्ध दिवसलाई शहिद स्मृति दिवसका रुपमा मनाउँदै नेकपा, ओली र प्रचण्डले सम्बोधन गर्ने

फागुन १, काठमाडौं । तत्कालीन माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको फागुन १ लाई सत्तारुढ दल नेकपाले शहिद स्मृति दिवसका रुपमा मनाउँदै छ । दुई वर्षअघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन १ लाई शहिद स्मृति दिवसका रुपमा मनाउने भएको हो ।  

प्रवक्ता नारायणकाजी श्रेष्ठले फागुन १ लाई सहिद स्मृति दिवसको रुपमा मनाउने निर्णय भएको जानकारी दिए । अध्यक्षद्वयबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रुपमा मनाउने निर्णय अनुसार पार्टी पंक्तिमा सर्कुलर जारी गरिएको उनले बताए । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम राखिएको छ । जुन कार्यक्रमलाई ओली र प्रचण्ड दुवैले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।   

नेकपाले तल्लो तहका कमिटीलाई पनि जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसका रुपमा मनाउन आन्तरिक सर्कुलर जारी गरेको छ । यसअघि तत्कालीन माओवादीले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको थियो । 

२०५२ फागुन १ गते तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको थियो । तर २०७५ मा पार्टी एकता भएपनि जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता थिएन । ओली प्रचण्ड पछिल्लो सहमतिपछि भने जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्नेगरी सहिद स्मृति दिवसका रुपमा मनाउन निष्कर्षमा पुगेका हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =