सीसीआरसी र साइपाल च्याम्पियन

फागुन ३, काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र साइपाल एकेडेमीले नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने । 

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा सीसीआरसीले ओमेगालाई ७७–६१ ले पराजित ग¥यो । सीसीआरसीको जितमा अनमोल खत्रीले २८ अंक योगदान गरे । विजेता सीसीआरसीले २० हजार तथा उपविजेता ओमेगाले १० हजार नगद पुरस्कार हात पारे । 

गल्र्सको उपाधि भिडन्तमा अस्मिता थापाको १९ अंक सहयोगमा साइपालले रिलायन्सलाई ४७–२७ ले हरायो । उपाधिसंगै साइपालले १५ हजार नगद पुरस्कार पायो भने रिलायन्सले १० हजार नगदमा चित्त बुझायो । 

आयोजक क्वेस्टका संस्थापक स्व. नारायणप्रसाद श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय अनमोल र अस्मिता आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा ओमेगाका अनुप मगर तथा गल्र्समा साइपालकी दृष्टि श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर अनुपले ७३ र दृष्टिले ६४ स्कोर गरे । 

विजेतालाई सांग्रिला बैंककी बोर्ड अफ डाइरेक्टर लिजा शेरचन, सांग्रिला बैंककी मार्केटिङ प्रमुख अर्पणा वज्राचार्य, क्वेस्टका प्रिन्सिपल उदयराज पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ५ टिमले राउन्ड रोविन लिगका आधारमा खेलेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *