‘गच्छदारलाई राजनीतिक प्रतिसोध साँध्न ललिता प्रकरणमा जोडियो’ मिना सुब्बा

लालपुर्जा बाेकेर हिँड्नेलाई किन मुक्ति ? 

माघ २४, काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका उपनेता पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई नेकपा सरकारले प्रतिसोध साँध्न भ्रष्टाचारको आरोप लगाएको नेपाली कांग्रेसकी सांसद मिना सुब्बाले जिकिर गरेकी छिन् ।   

शुक्रबार मकालु खबरसँग बोल्दै नेतृ सुब्बाले राजनीतिक प्रतिसोध साँध्नका लागि सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गरेको बताउँदै ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्रीको हैसियतमा गच्छदारले कुनै गल्ती नगरेको जिकिर गरिन् ।   

मिना सुब्बा, प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेस 

सरकारी जग्गा खानेहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने कांग्रेसको समेत अडान रहेको प्रष्ट पार्दै नेतृ सुब्बाले भनिन् । ‘ललिता निवास प्रकरणको निष्पक्ष छानविन हुनुपर्छ भनेर सबैभन्दा पहिला गच्छदारज्यूले नै कुरा उठाउनु भएको थियो । जोजो दोषि छन्, जजसले लालपुर्जा बोकेर हिँडिरहेका छन् तीनलाई मुक्ति दिएर गच्छदारलाई मात्र फसाउने कार्य भयो ।’ 

सुनसरी क्षेत्र नं. १ कि प्रतिनिधिसभा सांसद सुब्बाले अख्तियारले ललिता निवास प्रकरणमा दुई खाले कानुन प्रयोग गरेको जिकिर गरिन् । ‘जग्गा फिर्ता गर्छु भनेपछि गल्ती गरेपनि कानुन लाग्दो रहेनछ । एउटै देशका दुई नागरिक माथी फरकफरक ब्यवहार भयो ।’ उनले भनिन् ।   

सांसद सुब्बाले ललिता प्रकरणमा तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णय भएकोले तत्कालित मनित्रपरिषद्का प्रधानमन्त्रीहरुलाई समेत उन्मुक्ति दिन नहुने प्रष्ट पार्दै भनिन्–‘कसैलाई काखा कसैलाई पाखा गर्ने कम्युनिस्ट शासनको कस्तो नियम हो ?’ उनले प्रश्न गरिन् । सुब्बाले सरकारी जग्गा मिचेर खाने जो कोहीलाई छाड्न नहुने कांग्रेसको प्रष्ट धारणा रहेकोले ललिता प्रकरणमा निष्पक्ष रुपमा आयोगले अनुसन्धान गरेर दोषिलाई कानुनी कठघरामा उभ्याउनु पर्ने जिकिर गरिन् ।   

भ्रष्ट्राचारीका अगाडी प्रधानमन्त्री नतमस्तक 

उनले नेपाल ट्रष्टको जग्गा प्रधानमन्त्री मातहतमा भएको तथा अहिले प्रधानमन्त्रीकै निर्देशनमा ट्रष्टको जग्गा निजी क्षेत्रलाई पोस्न कौडीको भाउमा दिने कार्य भइरहेको बताउँदै त्यसको विरोध गरिन् । देशभर नेपाल ट्रष्टको नाममा भएका सरकारी सम्पत्ति सिध्याउने, ऐतिहासिक पुरातात्विक संरचना समाप्त पार्ने काम भइरहेको छ । सरकारले बेलैमा सोचोस ।’ उनले भनिन् ।   

सांसद सुब्बाले प्रधानमन्त्री केपी शर्मा ओली एउटा निजी ब्यापारिक संस्था सामु निरिह भएको आरोप लगाइन् । ‘यति होल्डिङ  र थामसेर्कु डेभलपमेन्टका अगाडी दुई तिहाई सरकारका प्रधानमन्त्री जो भ्रष्टाचार पनि गर्दिन भ्रष्टाचार गर्नपनि दिन्न भन्नुहुन्छ उहाँ नतमस्तक बन्नु भएको छ । प्रधानमन्त्रीको भनाई र काम गराई फरकफरक भयो ।’ 

उनले गोकर्ण फरेस्ट रिसोर्टको जग्गा यति होल्डिङलाई कौडीको भाउमा दिइएको बताउँदै अझै ६ वर्ष समय हुँदाहुँदै सरकारले हतारमा निर्णय गरेको दावि गरिन् । साथै पोखराको हिमागृह, चितवनको दियालो बंगला, कमलादीको १ रोपनी ७ आना जग्गा, लाजिम्पाटको ६ रोपनी जग्गा तथा दरबार मार्गको १ रोपनी १४ आना जग्गा नेपाल ट्रष्टले निजी क्षेत्रलाई दिएर गलत गरिरहेको बताइन् । ‘राज्यका ऐतिहासिक कालखण्डका श्रीसम्पत्ति निजी क्षेत्रलाई दिएर राज्यको सम्पत्ति सिध्याउने खेल भइरहेको छ । भोली नारायणहिटी संग्रहालयमा पार्टी प्यालेस बनाउने कुरा उठिरहेको छ । पाथीभरा मन्दिरको जग्गा पनि सित्तैमा दिइएको छ । यसरी रातारात राज्यको सम्पत्ति माथि यो सरकारले गिद्दे दृष्टि लगाएको प्रष्ट हुन्छ ।’ 

चीनबाट तुरून्त नेपाली नागरीक फिर्ता ल्याउ 

उनले चीनमा कोरोना भाइरसको संक्रमणबाट हज्जारौं नागरिक प्रभावित भइरहँदा विभिन्न मुलुकले आफ्ना नागरिक फिर्ता लगिरहेको अवस्थामा नेपाल सरकारले आफ्ना नागरिक फिर्ता ल्याउन कुनै तयारी नगरेको प्रति आक्रोश ब्यक्त गरिन् । 

‘अहिलेसम्म ३१ हजार कोरोना भाइरसबाट प्रभावित भइसके, ६ सय ३६ को मृत्यु भइसक्यो । नेपाली विद्यार्थीहरु जो विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशको सेवा गर्न चाहन्छन् उनीहरु प्रति राज्य गम्भिर बनेको छैन ।’ नेतृ सुब्बाले चीनमा रहेका १८० नेपाली विद्यार्थीहरु तुरुन्त स्वदेश फर्कन चाहेकोले त्यसकालागि सरकारले आवश्यक तयारी र पहल गर्न माग गरिन् । ‘विभिन्न देशले चीनबाट आफ्ना नागरिक फिर्ता लगिरहेको अवस्थामा हाम्रो सरकारले कुनै पहल गर्न सकेको छैन । ती विद्यार्थीहरुलाई तुरुन्त फिर्ता ल्याउन पहल गर्न र उनीहरुलाई नेपालमा सुरक्षित राख्ने सवालमा काम थाल्न म सरकारसँग आग्रह गर्दछु ।’ उनले भनिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =