सलमानले बिवाह नगर्नुको रहस्य बल्ल खोले

माघ १९, काठमाडौँ । प्रेम प्रसंग धेरै युवतीसँग नाम जोडिएपनी बिहेको बिषयमा सधैँ आलटाल गर्दै आईरहेका बलिउड अभिनेता सलमान खानले आफूले बिवाह नगर्नुको रहस्य बल्ल खोलेका छन् ।   

जुनसुकै कार्यक्रम होस् या कुनै समारोह होस् सलमानलाई गरिने प्रश्न भन्ने नै कहिले गर्ने हो बिवाह ? तर आफूमाथि उठ्ने यी प्रश्नको बारेमा सधैँ आलटाल गर्दै आईरहेका सलमानले  एक अन्तरवार्तामा आफूले बिवाह नगनूको कारण अविश्वास बताएका छन् ।   

उनले एक अन्तरवार्तामा विवाहको विषयमा खुलेर कुराकानी गर्दै  भने, ‘मलाई अब विवाहप्रति विश्वास लाग्दैन । मलाई विवाह एउटा संस्था जस्तै भइसकेको छ । अब यो विस्तारै विस्तारै गायब हुनसक्छ ।  तर, आज पनि साथीभाई, आफन्त र दाजुभाइ नै हाम्रो दुखसुखमा साथ दिन्छन् ।’ 

Image result for सलमान

उनले छोराछोरीको विषयमा कुरा गर्दै भने, ‘जब हुने हो हुन्छ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =