कोरोनाको आशंका गरिएका एक बिरामी टेकु अस्पतालबाट फरार, दुईजना आइसोलेसनमा

काठमाडौं ।  कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका साउदी अरबका एक बिरामी अस्पताल बाटै फरार भएका छन् । एक साताअघि रुघाखोकी र ज्वरो आएपछि  जाँच गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका उनी फरार भएका हुन् ।   

उनी चीनको बाटो हुँदै नेपाल आएका थिए ।   

सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो ।   

null

निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जनाकारी दिएका छन् ।   

उनले भने,  ‘उनको कोरोना परीक्षण गर्न बाँकी थियो, अहिले खोजी भइरहेको छ, भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न सकिएन ।’ 

बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको जनाइएको छ । उनीहरुलाई अहिले टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =