आलिया भट्टले फिल्मफेयर अवार्ड जितेपछी कंगनाकी बहिनीले यसरी रिस पोखिन्

फागुन ५, भारत ।  आलिया भट्टले कंगना रनोटलाई पछि पार्दै फिल्म गली बोयमा आफ्नो अभिनयका लागि फिल्मफेयर अवार्ड जितेकी छिन् । कंगनाकी बहिनी रंगोली चन्देलले शनिबार आयोजित फिल्मफेयर पुरस्कारको विषयमा थुप्रै ट्वीट गरे । ट्वीटको एउटा सिरिजमा रंगोलीले आलिया भट्ट, अनन्या पांडे र करण जोहरसहित थुप्रैमाथि रिस पोखिन् । 

आलियाले गली बोयका लागि सर्वश्रेष्ट नायिकाको पुरस्कार जितिन् । यस्तै फिल्मले १३ विधामा जीत हासिल गरेको छ जुन एक नयाँ रेकर्ड हो । 

रंगोलीले लेखेका छन्, ‘आलियाले गत वर्ष आफ्नो औसत प्रदर्शनका लागि पुरस्कार पाएकी हुन् । उनले अहिले लामो यात्रा तय गर्नु छ तर जब तपाईं सपोर्टिङ भूमिकामा हुनुहुन्थ्यो भने मुख्य भूमिकाका लागि कसरी अवार्ड पाउनुभयो ?’ 

  

कंगनाले यसअघि गली बोयमा आलियाको प्रदर्शनलाई औसत बताएकी थिइन् र कंगनाले पद्मश्री जितेकोमा आलियाले उनलाई फूल पठाएकी थिइन् । 

स्टुडेन्ट अफ द इयर टु, पति पत्नी और वोमा अभिनय गरेका कारण सर्वश्रेष्ठ डेब्यूको पुरस्कार जित्ने अनन्या पाण्डेबारे पनि रंगोलीले ट्वीट गरेकी थिइन् । रंगोलीले अनन्याभन्दा राधिका मदान योग्य उम्मेद्वार भएको बताएकी थिइन् । 

रंगोलीले लेखिन्, ‘राधिका मदान सर्वश्रेष्ठ डेब्यू कलाकारको अवार्ड पाउने हकदार थिइन् । अनन्याका आमा बुवा बलिउडमा चर्चित छन्, कम्तीमा हामीले राधिकालाई त थोरै प्रोत्साहन दिएको भए हुन्थ्यो, उनको त्यो अधिकार हामीले खोस्यौं ।’ 

रंगोलीले कंगनाको मणिकर्णिकामा अंकिता लोखंडेबारे पनि बताइन् । 

उनले लेखिन्, ‘अंकिताले झलकारी बाईको रुपमा एक शानदार डेब्यू गरेकी थिइन् तर नेपोले प्रमाणित गरिदियो कि जबसम्म यो फोहोर सफा हुँदैन तबसम्म यो क्षेत्रमा प्रतिभाले न्याय पाउँदैन ।’ 

रंगोली चंदेल कंगना रनोटकी बहिनी हुन् र थुप्रै विषयमा उनी आफ्नो कुरा खुल्ला रुपमा राख्ने गर्छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *