गोन्द्राङ ढाँट हट्छ : गृहमन्त्री थापा

फागुन १२, चितवन । गृहमन्त्री रामवहादुर थापाले चितवनको गोन्द्राङमा रहेको सडक संकलन दस्तुर केन्द्र ( ढाँट ) हट्ने बताएका छन् । रत्ननगर उद्योग बाणिज्य संघ र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सोमबार बिहान आयोजना गरेको पाँच दिने तालिमको उद्घाटन गर्दै गृहमन्त्री थापाले ढाँट हटाउन प्रक्रिया सुरु भईसकेको बताए । ‘संभवत चितवनबाटै ढाँट हट्छ,नभएर जिरो पोईन्टमा सारिन्छ’, गृहमन्त्री थापाले भने । त्यसका लागि प्रक्रिया सुरु भईसकेको पनि उनले जानकारी दिए ।   

गोन्द्राङ ढाँट हटाउन सफल हुने भन्दै पूर्वी चितवनवासीहरुलाई ढुक्क हुन उनले आग्रह गरे । फरक प्रसंगमा गृहमन्त्री थापाले उत्पादनलाई बढाउँदै बजारीकरण, दक्ष जनशक्ती उत्पादन,समय सापेक्ष निति परिवर्तन गर्न सके देशले लिएको समृद्धीको नारा पुरा हुने विश्वास व्यक्त गरे ।   

तालिम उद्घाटन कार्यक्रममा सरोकारवालाहरुले गोन्द्राङको ढाँट हटाउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । बागतमी प्रदेश सांसद कृष्ण प्रसाद खनाल, रत्ननगरका मेयर नारायण वन, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले चितवनलाई विभाजन गर्ने गरी गोन्द्राङमा ढाँट रहेको भन्दै तत्काल हटाउनु पर्ने बताए ।   

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकरी निर्देशक शरद विक्रम राणाले स्थानीयस्तरमा उत्पादित भएका वस्तुलाई अन्तराष्ट्रियस्तरमा सम्म बजारीकरण गर्न सक्ने विषयमा तालिममा सहजीकरण हुने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *