आगोले जलेकी खातुनको मृत्यु, बिचल्ली भयो छोराछोरीको

फागुन १५, काठमाडौँ । आफ्नै घरमा घुर ताप्ने क्रममा जलेर सख्त घाइते भएकी पर्साकी सायरा खातुनको मृत्यु भएको छ ।   

फागुन ४ गते लुगामा आगो सल्किँदा जलेर सख्त घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका–५ की खातुनको बुधबार राति मृत्यु भएको हो ।   

सामाजिक अभियन्ता प्रकाश थारुका अनुसार आर्थिक अवस्था कमजोर भएर उपारमा ढिलाई भएकी खातुनको शरिरको ८० प्रतिशत भाग जलेको थियो भने उनको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।   

गाउँको ऐलानी जग्गामा बसोबास गर्दै आएकी खातुनको मृत्यु पछी उनको दुई छोरा र दुई छोरी भने बिचल्लीमा परेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *