नापोलीको मैदानमा हारबाट बच्यो बार्सिलोना

फागुन १४, काठमाडौं । अहिले स्पेनिस लिग लिडर बार्सिलोना खासै लयमा छैन । ला लिगामा चार दिन अघि ५–० को रवाफिलो जित निकालेको क्याटलान क्लब च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो खेलमा मुस्किलले हारबाट जोगिएको छ ।   

गएराती इटालियन क्लब नापोलीको घरेलु मैदानमा उत्रिएको बार्साले बराबरी गर्नपनि निक्कै संघर्ष गर्नुपर्यो । खेलको पहिलो हाफमै १ गोल खाएको बार्सिलोनाले खेलमा खासै राम्रा मुभ बनाउन सकेन । नापोलीको रक्षा पंङ्तीका सामु बार्सिलोनाका फरवार्ड निरिह देखिए । ला लालिगामा एइवारसँगको जीतमा एक्लैले चार गोल गरेका क्याप्टेन लियोनल मेस्सीको प्रर्दशनबाट बार्सा फ्यानहरु सन्तुष्ट हुन सकेनन् ।   

नापोलीले हिजो उत्कृष्ट डिफेन्सिभ फुटवल पस्किँदै खेलको ३० औं मिनेटमा उत्कृष्ट गोल गर्यो । नापोलीका ड्रिज मर्टेन्सले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले गोल पोस्टको जाली चुमेको पत्तै पाएनन् ।   

Image may contain: 3 people, stadium and outdoor

खेलमा अधिकांश समय बल आफ्नो पकडमा पार्न सफल बार्सिलोनाले बराबरी गोल ५७ औं मिनेटमा गर्यो । बार्साका लागि नेल्सन सेमेडोको लो क्रसमा फ्रेन्च स्टार ग्रिजमनले गोल गरेका थिए । 

खेलको ८९ औं मिनेटमा मिडफिल्डर आर्टुरो भिडालले एकै मिनेटमा दुई पहेंलो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । भिडालले फाबियन रुइजलाई फल गर्नेबितिक्कै रुइजको मुहारमा टाउकोले धकेलेपछि रेफ्रीले एकै पटक २ पहेंलो कार्ड दिए । च्याम्पियन्स लिगको दोश्रो खेल अब १४ मार्चमा बार्सिलोनाको मैदानमा हुनेछ । जुन खेलमा दुवै टिमलाई अर्को चरणमा जानका लागि स्पष्ट जितको आवश्यक्ता पर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *