वित्तिय साक्षरता तथा अन्तर्क्रियामा दुई सय प्रबासी नेपाली सहभागी

माघ १९, काठमाडौं । भारतको मुख्य शहर मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवासी नेपालीहरुलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रभु बैंक लि., युके एड –डिएफआइडि अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एडभाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रम सम्पन्न भएको हो ।   

सो कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आबद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब दुई सय जना प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।  दुई दिने वित्तीय साक्षरता एवं अन्र्तक्रियात्मक कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्पmत् नेपालमा रहेका आफन्तजनहरुलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराईएको थियो ।   

सहभागीहरुले अन्तरक्रियामा नेपालको बैंकिङ्ग प्रणाली, आफूले आर्जन गरेको रकम नेपाल पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञासा राखेका थिए ।   

कार्यक्रममा उपस्थित भएका मुम्बईस्थित प्रवासी नेपालीहरुले आर्जन गरेको रकम बैंकिङ्ग प्रणाली मार्पmत् नेपालमा रहेका आफन्तजनहरुलाई पठाउन विगतमा भन्दा सहज महशुस गर्ने र यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *