बिहे हेर्न गएका तीन वर्षिय बालक मृत फेला

फाेटाे फाइल 

फागुन ९, काठमाडौँ ।  सिरहामा बिहिबार राती  विवाह हेर्न गएका एक तीन वर्षिय बालक शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन् ।   

छिमेकीको बिवाह हेर्न गएका ती तीन वर्षिय बालक आज बिहान सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत अवस्थामा फेला परेका हुन् ।  मृतक बालक स्थानिय राजकुमार मण्डलका  छोरा आयुष मण्डल रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार  उनी गाउँकै पोखरीमा मृत फेला परेका थिए ।   

Image result for बालक मृत फेला

बिहे हेर्न गएका बालक कसरी पोखरीमा पुगे खुल्न नसकिएको र  घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *