संसद बैठक : काँग्रेसको अवरोधले बैठक आधा घण्टा स्थगित

फाइल फोटो 

माघ २४, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । सभामुखले संसदको कामकारबाही सुरु भएको घोषणा गरे लगत्तै कांग्रेसका सबै सांसद उठेर संसद बैठक अवरूद्ध गरेका थिए।  

ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई मुद्दा दायर गरेको विरोधमा कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरूद्ध गरेको हो।  

काँग्रेसले बैठक अवरुद्ध गरे लगत्तै कांग्रेसका सांसद मानबहादुर विश्वकर्मालाई आफ्नो धारणा राख्न सभामुख अग्निप्रसाद सापकोटाले समय दिएका थिए।  

सांसद विश्वकर्माले एउटा निर्दाेषलाई पक्राउ गरेर दोषिलाई उन्मुक्त दिएको आरोप लगाए । उनले भने, ‘सरकारले नियोजित योजनामा अख्तियारले कांग्रेसका सांसद थुन्ने काम अघि बढाएको छ, अख्तियार सरकारको छायाँ भएर सत्तारुढ पक्षकालाई बोक्ने र अरुलाई ठोक्ने कार्य बेठिक छ।’ 

यसअघि शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले शुक्रबारको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो। 

सत्ताको प्रयोगमा अख्तियार परेको कांग्रेसले आरोप लगाएको छ।  

यसैबीच सभामुख सापकोटाले संसद बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *