यी मेयर, जसले स्थानीयलाई झापड हाने र शौचालयमा थुने

फागुन ६, जनकपुरधाम । बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले स्थानीयमाथि कुटपिट गरेका छन् ।  

स्थानीय विकास निर्माणको काम लामो समय अधुरो छाडेको विषयमा गुनासो गरेको तथा आफ्नो प्रतिक्रियाको भिडियो खिचेको भन्दै उनले महागढीमाई नगरपालिका–२ बरियापुरका युवा मुकेश कुशवाहाका पीता ५५ वर्षीय हरेन्द्र महतोमाथि कुटपिट गरेका हुन् ।  

सोमबार दिउँसो खेतमा सिंचाईँ गरिरहेका बेला आफूलाई गाली तथा कुटपिट गरी आधा घण्टाभन्दा बढी शौचालयमा थुनेको पीडितको आरोप छ ।  

‘खेतमा सिंचाईँ गरिरहेका बेला नगरप्रहरी खेतमा आएर मेयरज्यूले बोलाउनु भएको छ भनेपछि नगरपालिका गएँ । त्यहाँ मेरो छोरो कहाँ छ भन्ने प्रश्न गरियो । मैँले आफूलाई थाहा नभएको बताएँ । त्यसपछि मेयर यादवले तथानाम गाली गर्दै ममाथि कुटपिट गर्नुभयो’, पीडित महतोले भने ।  

मेयरले गाली गर्दै सुरुमा आफ्नो जुत्ता शिरमा राख्न लगाएको र नमान्दा गालामा झापड हानेको पीडीतको भनाइ छ । शौचालयमा आधा घण्टा थुनेपछि एक घण्टा आफ्नो घरमा लगि छोरा बोलाउन भन्दै नियन्त्रणमा राखेको पनि पीडितको आरोप छ । आफूमाथि कुटपिट गर्ने मेयरमाथि कारवाही हुनुपर्ने पीडित महतोको माग छ । 

गत आर्थिक वर्ष २०७५/०७६ मा पुरा हुनुपर्ने नालाको काम अहिलेसम्म अधुरै रहेको र स्थानीयलाई समस्या भएको भन्दै मुकेशले पटक पटक नगरप्रमुख यादवलाई विकासे कामको लापरबाही भएको भन्दै गुनासो गर्दै आएका थिए ।  

मेयरले भने अहिले समस्या समाधान गर्न नसकिने, र जहाँ जानु छ जाऊ’ भन्ने प्रतिक्रिया दिएको र उक्त प्रतिक्रियाको भिडियो खिच्न खोज्दा आफूलाई धम्की दिँदै मोबाइल समेत खोस्ने कोशिस गरेको मुकेशको आरोप छ । बुवामाथि कुटपिट भएपछि उनी असुरक्षित महशुष गरिरहेको र घरबाहिर बसिरहेको मुकेशले बताए ।  

यता मेयर यादवले भने आफूले मुकेशको बुवालाई सोधपुछ मात्रै गरेको कुटपिट नगरेको दाबी गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *