बंगलादेशमा डुंगा डुब्दा १४ को मृत्यु

माघ २८,  काठमाडौं । मंगलबार बंगलादेशमा शरणार्थी बोकेर जाँदै गरेको डुंगा  डुब्दा १४ जनाको मृत्यु भएको छ भने केही व्यक्ति बेपत्ता भएका छन् ।   

१ सय ३० जना  रोहिंज्या शरणार्थी बोकेको उक्त डुंगा  बंगलादेशको  दक्षिण तट क्षेत्रबाट बमलेसिया जाँदै गर्दा सेन्ट मार्टन टापु नजिकै बे अफ बंगालमा डुबेको हो । 

डुंगा  डुब्दा मर्नेमा महिला तथा बालबालिका बढी रहेको बिबिसीले जनाएको छ ।   

उक्त डुंगाबाट ७० जनाको उद्दार गरिएको छ भने सम्पर्क बेपत्ता रहेका व्यक्तीहरुको खोजीकार्य भईरहेको जनाईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *