आज फागुन ७ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफलआजको पञ्चाङ्ग

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ फागुन ७। बुधबार। इ.स. २०२० फेब्रुवरी १९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। एकादशी, १७:१६ उप्रान्त द्वादशी। नक्षत्र– मूल, ८:४६ बजेउप्रान्त पूर्वाषाढा। योग– वज्र, १०:२८ बजेउप्रान्त सिद्धि। करण– वालव, १७:१६ बजेदेखि कौलव, २९:१० बजेउप्रान्त तैतिल। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान २८ घडी ९ पला। विजया एकादशी व्रत। राष्ट्रिय प्रजातन्त्र दिवस। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकाएको भय रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रमाइलो यात्राको योग रहेको छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दैनिक कार्यमा प्रगती हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला ।  

-ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =