सुनचाँदीकै भाउ घट्यो, हेर्नुस आजको मूल्य

फागुन १६, काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनसँगै चाँदीको भाउ पनि घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहिबार प्रतितोला ७९ हजार ७ सय रुपैयाँले कारोबार  भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ७९ हजार २ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार तेजाबी सुनमा पनि आज तोलामा ५ सय रुपैयाँ घटेर  प्रतितोला  ७८ हजार ९ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

शुक्रबार  चाँदीको भाउमा पनि  तोलामा २० रुपैयाँ घटेर प्रतितोला ८ सय ८० रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको  छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *