कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ सय नाघ्यो

फागुन १३, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय नाघेको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको मृत्यु भइसको छ । सो भाइरस दुई दर्जन भन्दा बढी देशमा फैलिएको छ ।   

पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक÷एक जनाको मृत्यु भएको छ ।   

पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जना कोरोना भाइरसको संकेत देखिएको छ । 

चीनको हुवेबाट सुरु भएको भनिएको कोभिड १९ भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको एजेन्सीहरूले जनाएका छन् ।   

कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ ।   

नेपालसहित श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकरएक जनामा भाइरसको लक्षण देखिएको र उनीहरू सबैले स्वास्थ्य लाभ गरिसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *