आफ्नै आमाद्वारा एक दिनकी छोरीको हत्या

फागुन ४, काठमाडौँ । भारतमा एक महिलाले आफूले नै जन्म  दिएकी एक दिनकी छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेकी छिन् ।   

भारतको मध्य प्रदेशमा यस अघी पनी छोरी नै रहेकी उक्त महिलाले फेरी पनि छोरी नै जन्मिएको भन्दै धारिलो हतियार हँसिया प्रयोग गरी एक दिनकी नवजात शिशुको हत्या गरेकी हुन् ।   

भारतीय संचार माध्यमका अनुसार फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्कने बित्तिकै ती महिलाले छोरीको छाती,  पेट र गर्धनमा हँसिया प्रहार  गरेकी थिईन् । उनले त्यसरी प्रहार गर्दा  शिशु रोएपछी घटनास्थल पुगेका छिमेकीले शिशुलाई जिउँदो देखेर उनलाई शाजापुर जिल्ला अस्पताल पुर्‍याए ।  हँसियाको प्रहारबाट गम्भिर घाइते भएकी उक्त शिशुको मृत्युसँग जुध्दाजुध्दै अन्ततः १४ फेब्रुअरीमा शिशु मृत्यु भयो ।   

स्रोतका अनुसार शनिबार बिहान पुलिसले मञ्जू र उनका श्रीमानसमेत चार आफन्तलाई हिरासतमा लिएको थियो । थानाभित्र सोधपुछ गर्दा मञ्जु बेस्सरी रोइन् । छोरा नजन्मिँदा आफूले यस्तो गरेको उनले पुलिससमक्ष बयान दिइन् । मञ्जुकी पहिल्यै एक छोरी छिन् । त्यसपछि एकपटक गर्भपतन भएको बताइन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *