कोरोना भाइरस संक्रमितलाई आफ्नै देशमा ढुङ्गा प्रहार

फागुन ९, एजेन्सी । चिनबाट उद्धार गएिका कोरोना भाइरस संक्रमित युक्रेनि नागरिक चढेको सवारीसाधनमा आक्रमण भएको छ । युक्रेनको एउटा सहरमा प्रदर्शनकारीहरूले संक्रमित मानिसहरु चढेका सवारीसाधनमा आक्रमण गरेका हुन् । 

उनीहरुलाई नोभी सान्जारीस्थित एउटा अस्पतालमा १४ दिन क्वारन्टीनमा राख्न लगिँदै थियो। 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न आग्रह गरेका छन्। 

युक्रेनको सुरक्षा निकायका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गरिएको एउटा इमेलमा उद्धार गरिएका केही मानिसमा कोभिड १९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण भएको मिथ्या दाबी गरिएको थियो। 

सुरक्षा सेवाका अधिकारीहरूले त्यसबारे छानबिन गरिरहेको एउटा विज्ञप्तिमा उल्लेख छ। 

चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा ल्याइएको थियो। 

उनीहरूलाई छवटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले बाटोमा आगो बालेर तथा ढुङ्गा हानेर विरोध गरेका थिए। 

स्वास्थ्यमन्त्रीले बसमा भएका कोही पनि बिरामी नभएको बताएका छन्। 

युक्रेनको कूटनीतिक नियोगका अनुसार तीन युक्रेनी र एक कजाकस्तानी नागरिकलाई ज्वरो आएको पाइएपछि चीनमै छोडिएको थियो। 

तनाव बढेपछि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र आन्तरिक मामिलामन्त्रीले उक्त नगरको भ्रमण गरेका थिए। 

स्थानीय सञ्चारमाध्यममा प्रकाशित एउटा भिडिओमा आन्तरिक मामिलामन्त्रीले प्रदर्शनकारीहरूलाई सङ्क्रमित व्यक्तिहरूलाई नल्याइएको भनेर आश्वस्त बनाउन खोजेको देखिन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *