वन अधिकृत र कार्यालय सहयोगी २ लाख घुससहित पक्राउ

काठमाडौं । डिभिजन वन कार्यालय नवलपरासीका सहायक  अधिकृत र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् ।   

सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली २ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । 

कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको हो । 

null

उनीहरुले टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग उघुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *