नेपाली विद्यार्थीलाई चीन सरकारले दियो छात्रवृत्ति, शिक्षा मन्त्रालयले छनोट गरी पठाउने

काठमाडौं । चीन सरकारले नेपाली विद्यार्थीलाई स्नातकोत्तर तहमा अध्ययनका लागि छात्रवृत्ति दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छनोट गरेर पठाउने गरी २२ वटा कोटा छात्रवृत्ति दिएको हो ।   

जसमा सबैभन्दा बढी १९ कोटा ईन्जिनियरिङ विषयका लागि निर्धाराण गरिएको छ । खुला तर्फ १४ र महिलाका लागि ५ कोटा ताकिएको छ ।   

व्यवस्थापन अध्ययन सङ्कायका लागि २ र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका लागि १ वटा कोटा तोकिएको छ । यी दुवै सङ्कायमा महिला लगायत कुनै पनि क्षेत्रका लागि आरक्षण कोटा तोकिएको छैन । 

null

यस छात्रवृत्तिमा अध्ययन गर्न चाहनेले फागुन २२ गतेसम्म मन्त्रालयको केशरमहलस्थित छात्रवृत्ति शाखामा निवेदन दिनुपर्नेछ । छात्रवृत्तिमा आवेदन दिनेहरु ३५ वर्षमुनिको हुनुपर्ने मन्त्रालयको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *