प्रहरीमा जागिर लगाइदिन्छु भन्दै नक्कली इन्स्पेक्टर बनेर ठग्ने वाग्ले पक्राउ

फागुन ७, झापा । नेपाल प्रहरीको इन्स्पेक्टर भन्दै ठगी गरेको आरोपमा प्रहरीले काँकडभिट्टाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्ले रहेका छन् । 

असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार वाग्लेले कामको सिलसिलामा सिलगुढी गएका वेला भेट भएका दुई जनालाई प्रहरीमा जागिरको प्रलोभन देखाएका थिए । 

त्यसबेला उनले आफूलाई विराटनगर तालिम केन्द्रमा कार्यरत रहेको भनेर परिचय पत्र पनि देखाएका थिए । ‘डीआईजी साब मेरो ठूलो बुबा हो, मैले भनेपछि काम भइहाल्छ भनेर आश्वसन दिएका थिए । प्रहरकिा अनुसार वाग्लेले केही दिनपछि फोन गरेर असईमा जागिर खुलेको भन्दै फारम भर्न लगाएको र दुवैसँग  प्रक्रिया मिलाउन भन्दै १–१ लाख रुपैयाँ माग गरेका थिए । तर पीडित मध्ये एकले ५० हजार र एकले १ लाख रुपैंया बुझाएका थिए । उक्त रकम लिएर उनी सम्पर्कविहीन भएका थिए । 

त्यसपछि पीडितले इलाका प्रहरी कार्यालय, काँकरभिट्टामा सम्पर्क गरेका थिए । त्योसँगै नक्कली इन्स्पेक्टरको रहस्य खुलेको हो । 

उनीमाथि ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ठगी र सरकारी कागज किर्ते शीर्षकमा मुद्दा दर्ता गरिएको र झापा जिल्ला अदालतको अनुमतिले थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *