नेकपा क्रान्तिकारी माओवादी सहित १० दलको संयुक्त संघर्ष

फागुन १५, काठमाडाैँ । राष्ट्रिय स्वाधीनताको पक्षमा जनजागरण अभियान क्रममा चन्द्रागिरि नगरपालिको विभिन्न क्षेत्रमा विरोध प्रर्दशन तथा कोण सभा भएको छ । 

नेकपा  क्रान्तिकारी माओवादी र  देश भक्त जनतान्त्रिक मोर्चा नेपाल काठमाडौ जिल्ला समितिको आयोजनामा चन्द्रागिरि नगरपालिको विभिन्न क्षेत्रमा विरोध प्रर्दशन तथा कोण सभा भएको हो । 

नेकपा  क्रान्तिकारी माओवादी वैद्यका नगर इन्चार्ज सुरेश तामाङले देशलाई बचाउन र राष्ट्रिय स्वाधीनताको लडाइँमा युवाहरू सशक्त भएर एकताबद्ध तवरले लाग्नु पर्ने बताए । नगर ईन्चाज तामाङले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसि कुनै हालतमा संसदवाट पास हुन वाट रोक्न र जसरी भएपनि खारेजी गरिनु पर्ने उनको भनाई छ । 

काठमाडौँको चन्द्रागिरि १२ गुर्जुधारामा भएको कोण सभामा बोल्दै देश भक्त जनतान्त्रिक मोर्चा नेपाल (देजमो नेपाल) का काठमाडौ जिल्ला समिति अध्यक्ष बन्धु देव पाण्डेले कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका सिमा बचाउ अभियानमा सबै नेपाली एक भएर नेपाली भूमी फिर्ता गराउने अभियानमा सरिक हुनु पर्ने भन्दै राष्ट्रियताको पक्षमा सबैले बुलन्द आवाज उठाउनु पर्ने बताए । 

पार्टीकाे अभियान अन्तर्गत देशभरि राष्ट्रिय जनजागरण अभियान सञ्चालन भएको छ । १० दलिय संयुक्त मोर्चा बनाएर सरकारलाई राष्ट्र विरोधी गतिविधिलाई रोक्न  आन्दोलन जारि भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *