राष्ट्रिय उमा कुङफु फागुन १६ गतेदेखि

फागुन १, काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता फागुन १६ गतेदेखि हुने भएको छ । 

प्रतियोगितामा विभिन्न १८ जिल्लाबाट २ सय खेलाडीको सहभागिता रहने आयोजक उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । 

उपत्यका बाहिरबाट आउने खेलाडी तथा अफिसियललाई खाना र बस्न आयोजकले नै व्यवस्था गर्ने बताइएको छ । सान्डामा २३, प्याटर्नमा १६ र ताइचीमा ४ गरी ४३ स्पर्धामा प्रतिस्पर्धा हुने छ । 

4.jpg

प्रतियोगिता सञ्चालन गर्न आयोजक संघका सचिव महेश महर्जनको संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । जसअन्तर्गत प्रचार प्रसारमा संघका सदस्य जीवन गुरुङ, स्वास्थ्यमा संघका सदस्य रजदीश नेम्कुल, प्राविधिकमा संघका पूर्व अध्यक्ष एवं उमा कुङफुका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगर र आर्थिकमा संघका सदस्य अशोक केसीलाई संयोजकको जिम्मेवारी दिइएको छ । 

प्रतियोगिताका लागि संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामालाई प्याटर्न र ताइची तथा संघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय कुङफु फेडेरेसनअन्तर्गत नेपालका लागि महासचिव सन्जितकुमार राईलाई सान्डाका लागि प्रमुख जजमा चयन गरिएको छ ।   

प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धरास्थित ऋत एकेडेमीमा हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =