१२ वर्षपछि महिला राष्ट्रिय बुद्धिचाल

फागुन १५, काठमाडौं । पुरुष बुद्धिचाल प्रतियोगिताहरु मात्र भइरहेको बेला काठमाडौं बुद्धिचाल संघले महिला खेलाडीहरुलाई मात्र समेटेर राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

यहि फागुनको २३ देखि २५ तारिखसम्म तीन दिनसम्म हुने प्रतियोगितामा देशभरबाट १ सय भन्दा वढी महिला खेलाडीहरुको सहभागिता रहने विहिवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी गराए । 

प्रतियोगिताको नाम हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय प्रतियोगिता राखिएको छ ।  काठमाडौं जिल्ला बुद्धिचाल संघका पुर्व अध्यक्ष अमृत चन्द्र श्रेष्ठले आफ्नो स्वर्गिय आमा हेरामायाको सम्झनामा उक्त प्रतियोगितामा सहयोग गरेको हो । 

2.jpg

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अन्तर्रा्ष्ट्रिय महिला दिवसको दिन राखिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने– “महिला बुद्धिचाल नभइरहेकोले यसमा जिल्ला संघले पहल थालेको हो । अब हरेक वर्ष हामी अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसर पारेर यो प्रतियोगितालाई निरन्तरता दिनेछौं । 

प्रतियोगिता स्विस प्रणालीका आधारमा हुनेछ । खेल सात चरणको हुने जनाइएको छ । 

प्रतियोगितामा खेलाडीहरुलाई यु १२, यु १४ र यु १६ गरी तीनवटा इभेन्टस् हुनेछन् । जसमा समग्रमा पहिलो स्थान प्राप्त गर्ने खेलाडीले २५ हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो स्थान प्राप्त गर्नेले ८ हजार , चौथो स्थान प्राप्त गर्नेले ६ हजार तथा पाँचौ स्थानका खेलाडीले ४ हजार रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगितामा सातवटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । 

राष्ट्रिय टोलीका खेलाडी सहित महिला खेलाडीका साथै स्कुल कलेजमा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरु समेतले  प्रतिस्पर्धा गर्ने बताइएको छ ।   

सन् २००८ पछि पहिलो पटक महिला खेलाडीहरुको राष्ट्रिय प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

बुद्धिचालका नम्वर वान खेलाडी तथा हाल बुद्धिचाल संघका सदस्य तथा महिला कमिशनका प्रमुख मोनालिसा खुम्बले भनिन् । नेपालमा महिला खेलाडिहरु लक्षित प्रतियोगिता थिएन । पुरुषहरुको भीडमा मात्र खेलिरहेको थियो । तर अहिले नियमित महिलाको राष्ट्रिय प्रतियोगिता हुंदैछ । यो महिला खेलाडीको लागि ठूलो प्लेटफर्म बन्ने मलाई विश्वास छ । 

उनले यो प्रतियोगितालाई नेपाल वुद्धिचाल संघको राष्ट्रिय क्यालेन्डरमा राख्नका लागि अनुरोध गर्ने पनि बताए । 

नेपालमा हाल ५७ जना महिला खेलाडीहरुले अन्तर्रा्ष्ट्रिय रेटिङ प्राप्त गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *