रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटना : यस्तो छ आयोगले बुझाएको प्रतिवेदन

फागुन १३, काठमाडौं । तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी एक वर्ष अघि ताप्लेजुङको पाथिभरामा भएको हेलिकप्टर दुर्घटना पाइलटका कारण भएको  हुनसक्ने छानविन आयोगले बताएको छ। पाइलट उत्साहित भएका कारण सो दुर्घटना भएको हुनसक्ने आयोगले बताएको हाे ।   

छानबिन आयोगको प्रतिबेदनमा भनिएको छ , ‘प्रतिकूल मौसमबीच पाथिभराको हेलिप्याडबाट उडान गर्नासाथ पाइलट अति उत्साहित अवस्थाबाट प्रभावित भएको हुनसक्ने देखिन्छ। त्यसपछि उनले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उनलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्याउँछ। त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण उनले गुमाउँछन् र अन्ततः जमिनमा बजारिन्छ,’। 

सो आयोगले आफ्नो अन्तिम प्रतिवेदन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ । 

समितिमा व्रिगेडियर जनरल दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त पाइलट कर्णेल प्रमोदकुमार लामा सदस्य थिए भने बुद्धिसागर लामिछाने सदस्य सचिव थिए। 

सो आयोगले दुर्घटना हुनुका ६ कारण बताएको छ। त्यसमा प्रतिकूल मौसम, अघिल्लो सिटमा क्षमताभन्दा बढि भार र विग्रँदो मौसमका कारण त्यहाँ रहेका व्यक्तिहरु छिटोभन्दा छिटो त्यहाँबाट निस्कने चिन्ता बताइएको छ। 

त्यसैगरि, विन्डसिल्डको बाहिरीभागमा हिउँ जमेका कारण बाहिरी दृष्य (भिजिबिलिटी) कम हुनु, संस्थाको पर्याप्त संचालन निगरानीको कमी र उडानपूर्वको तयारीमा कमी तथा व्यक्तिहरुको लोड आँकलनको कमीलाई पनि दूर्घटना निम्त्याउने कारणको रुपमा बताइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *