ललितपुरमा नग्न अवस्थामा मृत भेटिएकी महिलाको हत्या भएको पुष्टी, एक पक्राउ
मकालु खबर
२०७६ फागुन ७ गते
फाइल फाेटाे
फागुन ७, काठमाडौँ । फागुन ४ गते ललितपुरमा नग्न अवस्थामा मृत भेटिएकी महिलाको हत्या भएको प्रहरीले पुष्टी गरेको छ भने हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।
ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा अन्दाजी ४० वर्षीय खगेश्वरा दमाई मृत भेटिएकी थिईन् । उनको हत्याको आरोपमा प्रहरीले सुर्खेतको लेकफर्साका गिरबहादुर परियारलाई पक्राउ गरेको छ ।
महिलाकाे हत्या पछी फरार रहेका परियारलाई सुर्खेतबाटै पक्राउ गरी ललितपुरतिर ल्याउँदै गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् ।
हत्या भएकी महिला परियारको श्रीमती रहेको र उनको हत्या किन गरियो कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित