दन्तकाली स्कुलका शिक्षक कोइराला र दाहाल ‘वर्ष शिक्षक २०७५ ’ घोषित

माघ २५, धरान,सुनसरी । विजयपुर स्थित समुदायिक विद्यालय पञ्चायत दन्तकाली माद्यमिक विद्यालयले ६२ औ वार्षिकोत्सव मनाएको छ ।   

वि.सं २०१४ सालमा स्थापना भएको सो माविको ६२ औँ विर्र्षिकोत्सवसँगै श्रीप्रसाद कोइराला र सीतादेवी दाहाल लाई यस वर्षको वर्ष शिक्षक २०७५ घोषण गरी नगद पुरस्कारद्वारा सम्मानित गरिएको छ ।   

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न १३ शीर्षकमा छात्रवृत्ति स्थापना गर्ने संस्थापकहरु र विभिन्न समय शिक्षकको रूपमा सेवा गर्ने ११ जना पूर्व शिक्षकहरूलाई समेतलाई सम्मान गरिएको थियो ।  

  

शिक्षक अभिभावक र विद्यार्थीहरूलाई सहयोग गर्न अनुरोध गर्दै २०१४ सालमा स्थापित दन्तकाली पञ्चायत विद्यालयको इतिहास र वर्तमानमा भएका शैक्षिक गुणस्तरका सुधारका लागि गरिएको प्रयासहरू विद्यालयका प्रधानाध्यापक सीताराम कोइरालाले बताए । 

वार्षिकोत्सवमा १०० भन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो। विद्यालयले सञ्चालन गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी हुने ६५ विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै शैक्षिक क्षेत्रमा र कक्षामा उत्कृष्ट हुने ११ जना विद्यार्थीहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो । 

धरान उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले २०७४ सालमा सुनसरीकै सबैभन्दा बढी सिकाइ उपलब्धी हासिल गर्न सफल धरानका उत्कृष्ट विद्यालयहरूमध्ये दन्तकाली मावि एक भएको बताए ।   

त्यस्तै १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले सामुदायिक विद्यालयमा गुणस्तरीय पढाइ हुँदैन भन्नेलाई दन्तकाली माविले जवाफ दिएको बताए।   

कार्यक्रमा धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे, समाजसेवी सरला कायस्थ, जग्गादाता हरिप्रसाद खानाललगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासेवी, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको विद्यालयका शिक्षक श्रीप्रसाद कोइराला जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *