एपिएफ र पुलिसको सहज जित

माघ २६, काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार दोस्रो सफलता हात पारेको छ । 

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा आइतबार भएको खेलमा एपिएफले बुलबुले रारा भलिबल क्लबमाथि २५–१५, २५–१२ र २५–१६ को सहज जित हात पारेको हो ।   

यससँगै एपिएफले ११ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानलाई यथावत राख्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।   

null

यस्तै दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले रारा भलिबल क्लबमाथि २५–१५, २५–१६ र २५–१९ को सहज जित निकाल्दै शीर्षस्थानको एपिएफलाई पछ्याइरहेको छ । जितसँगै पुलिसको ११ खेलबाट ३१ अंक पुगेको छ । दोहोरो हार बेहोरेको बुलबुले१३ अंक जोडेर छैटौ स्थानमा यथावत छ । 

होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले चितवन टाइग्रेसमाथि ३–२ को हार बेहोरेको छ । डायमन्डले चितवनसँग २७–२५, २४–२६, १४–२५, २५–१७ र ७–१५ को हार बेहो¥यो । डायमन्डलाई हराएको चितवनले आर्मीसँग ३–१ को सेटमा हार बेहो¥यो । पहिलो र दोस्रो सेट २१–२५ र २५–२७ ले गुमाएको चितवनले तेस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तर, चौथो सेट २५–१६ ले गुमायो । 

यससँगै डायमन्ड १० खेलबाट १९ अंक जोडेर चौथो स्थानमा यथावत छ । चितवनको १३ खेलबाट १८ अंक पुगेको छ । आर्मी २४ अंक जोडेर तेस्रो स्थानमा छ । 

दोस्रो राउन्डमा सोमबार तीन खेल हुने आयोजकले जनाएको छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *