भ्यालेन्टाइन्स डे मा सेयर गरे मलाइका र अर्जुनले होटल भित्रका राेमान्टिक तस्बिर
२०७६ फागुन ४ गते

फागुन ४, काठमाडौँ । प्रायजसो बलिउड कलाकारहरु आफ्ना प्रेमसम्बन्ध लुकाउँदै आउने गरेको पाईन्छ अर्थात आफ्नो सम्बन्ध बाहिर ल्याउन चाहदैनन् । तर बलिउडका मलाइका अरोडा र अर्जुन कपुर भने आफ्नो सम्बन्ध लुकाउन चाहँदैनन् ।
यी दुई जोडीले भ्यालेन्टाइन्स डेका दिन होटलकाे रुम भित्रका केही राेमान्टिक तस्बिरहरु सामाजिक संजाल मार्फत सेयर गरेर आफ्नो सम्बन्ध झन बाहिर ल्याएका छन् ।
यी दुई जोडीले सामाजिक संजाल ईन्स्टाग्रामकाे आ–आफ्नो स्टोरीमा केही रोमान्टिक फोटोहरु सेयर गरेका छन् । जुन फोटोमा होटल भित्रको एउटा रूममा निकै राम्रो टेबल सेन्टरपीसको तस्बिर सेयर गरेका छन् । त्यहाँ चकलेटमा डुबाइएको स्ट्रबेरी पनि राखिएको देख्न सकिन्छ ।

२०७६ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित








