आजदेखि मौसममा सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान

फागुन १६, काठमाडौं । आदेखि क्रमश मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशभरको मौसममा सुधार हुँदै जाने छ ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान :-
null
फागुन १६गते (शुक्रबार)
दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चातदेशको पहाडी भू-भागमाआंशिक देखि सामान्य बदलीरही एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेकोछ ।
रातीः देशकोपश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
फागुन १७गते (शनिबार)
दिउँसोः देशकोपश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ ।
रातीः देशकोपश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्कावर्षाको सम्भावना रहेकोछ ।
फागुन १८गते (आईतबार)
दिउँसोः देशकोपहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पछि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ ।
रातीः देशकोपहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितवर्षाको सम्भावना रहेकोछ ।








