छायाँ मन्त्रिपरिषद बैठक : भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय
२०७६ फागुन ११ गते

फागुन ११, काठमाडौं । सरकारमाथि निगरानिका लागि गठन गरिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छायाँ मन्त्रिपरिषदको पहिलो बैठक आइतबार बसेको छ । बैठकले भ्रष्टाचारविरद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारका मन्त्रालयहरुमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर सम्बन्धित छायाँ मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ । निबर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिशनको डिल गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय पनि बैठकले गरेको छ ।
नेपाली कांग्रेसले सरकारमाथि निगरानी गर्न भन्दै गत जेठ महिनामा छाया मन्त्रिपरिषद गठन गरेको थियो ।

२०७६ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








