इंग्लिस प्रिमियर लिग : युनाइटेडसँग घरेलु मैदानमै चेल्सीको हार

फागुन ६, काठमाडौं  ।इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग चेल्सी घरेलु मैदानमै पराजित भएको छ । सोमबार राति सकिएको खेलमा युनाइटेडसँग चेल्सी २-० गोल अन्तरले पराजित भएको हो । 

युनाईटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४५औं मिनेटमा आरोना वान बिशाखाको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।   

दोस्रो हाफको ६६औं मिनेटमा फेरि युनाइटेडका लागि ह्यारीले गोल गर्दै अग्रता दोब्बर बनाए । चेल्सीले दुई पटक नै गरेको गोललाई मान्यता नदिइए पछि घरेलु मैदानमै हार बेहार्न पुग्यो । 

हारसँगै चेल्सी २६ खेलबाट ४१ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा पाँचौ स्थानको टोटेनहमसँग अंक दुरी बढाउने मौका गुमायो । युनाइटेड ३८ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *