ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लवद्धारा सानदार जित

  

फागुन १३, धरान(सुनसरी) । विमल घर्ती मगरको ह्याट्रिकसँगै ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाडौँ बुढासुब्बा गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको छ । 

धरान १६ स्थित धरान रंगशालामा २२ औँ बुढासुब्बा गोल्डकपमा मंगलबार भएको खेलमा विमलले पहिलो ह्याट्रिक गर्दा मच्छिन्द्र क्लब विदेशी टिम भारतको सण्डे एफसिमाथि हाबी भएको थियो  भने मच्छिन्द्रले भारतको सण्डे एफसि कोलकतालाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।   

खेलमा विमल घर्ति मगरले खेलको २१ औं, ८० औ र ८७ औ मिनेटमा गोल गरेका थिए भने विशाल राईले खेलको २८ औं र ७४ औं मिनेटमा गरी २ गोल गरेका थिए त्यस्तै मच्छिन्द्रकै रेजिन सुब्बाले एक गोल गरेका थिए । 

उता सण्डे एफसिका तर्फबाट सब्टिच्युट खेलाडी सञ्जीव बौरीले मैदान प्रवेश गरे लगत्तै ८३ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । उनी आफनो टीममा खेलाडीहरु मध्येका सब्सीच्युट खेलाडी हुन ।  उनले करिब ३० यार्डको दुरीबाट प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो ।   

सञ्जीवले गरेको फ्रिकिक गोल खेलको उत्कृष्ट गोल घोषित भएको थियो भने उनले ५ हजार पुरस्कार पाएका थिए ।   

खेलको म्यान अफ द म्याच मच्छिन्द्रका विमल घर्ती मगर घोषित भए । उनले नगद १५ हजार पुरस्कार पाएका छन  । 

भोली (बुधबार) हुने पहिलो सेमिफाइलनमा भारतको युके एफसि र मनाङ मस्र्याङ्दी खेल्दैछन् भने अब मच्छिन्द्र क्लबले सेमिफाइनलमा नेपाल पुलिस क्लब काठमाडौसँग बिहीबार खेल्नेछ । 

फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा २ विदेशी सहित ८ टिमको सहभागीता रहेको छ ।   

प्रतियोगिताको विजेताले नगद रु १० हजार र उपविजेताले नगद रु ५ लाख पुरस्कार जित्ने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =