रेल चलाउने ड्राइभर खोज्दै विभाग : माग्यो २६ कर्मचारी, योग्यता साधारण लेखपढदेखि स्नातकसम्म (सूचनासहित)

फागुन १०, काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले ९ पदको लागि २६ जना कर्मचारी माग गरेको छ । कर्मचारी नहुँदा भारतबाट रेल ल्याउन ढिलाई भएको बताइरहेका बेला रेल विभागले सो संख्यामा कर्मचारी माग गरेको हो ।  

विभागले सार्वजनिक सूचनामार्फत भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म संचालन हुन लागेको रेलको विभिन्न ९ पदमा २६ जना कर्मचारी माग गरेको छ । योग्यता पुगेका उम्मेदवारले सूचना जारी भएको १५ दिनमा बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म रेल विभागमा आवेदन दिन सक्नेछन् । 

विभागले निकालेको सूचनामा सिनियर सेक्सनल इन्जिनियर सिग्लनिङ्ग १ जना माग गरेको छ, जसका लागि इलेक्टोनिक इन्जिनियरिङमा स्नातक तह उत्तिर्ण गरी रोलिङ्ग स्टोक मर्मत सम्भारमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने छ । यस्तै, स्नातक तह उत्तिर्ण गरी रेल्वे स्टेशन मास्टरको रुपमा ५ वर्ष काम गरेको अनुभव भएका ८ जना स्टेशन म्यानेजरको पनि माग गरिएको छ । 

चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेटर १-१ जना माग गरेको छ । सम्बन्धित क्षेत्रमा ५ वर्ष अनुभव भएको हुनुपर्ने जारी सूचनामा रहेको छ । रेल चालकको लाइसेन्स प्राप्त गरी कम्तीमा ५ वर्ष रेल चालकको कार्य गरेको अनुभव भएकाले लोको पाइलटमा आवेदन दिन सक्नेछ ।   

विस्तृत विवरण तलको सूचनामा हेर्नुहोस् :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *