मृत्युअघि देखिने यी संकेत

फागुन १६ । सृष्टिको नियममा मानिस मात्र होइन स्वयम् भगवान पनि बाँधिएका छन् ।भगवानले पनि सृष्टिका केही नियमलाई पालना गर्नु पर्ने हुन्छ । त्यसैले जबजब भगवानले मनुष्य अवतार धारण गरे उनीहरुले पनि शरीर त्याग गर्नुपर्यो । तसर्थ मानिसले पनि आफ्नो शरीर निश्चित अवधिपछि त्याग गर्नुपर्ने हुन्छ । 

शास्त्रमा उल्लेख भए अनुसार मानिसको अनुरोधमा यमराजले मृत्यु अघि ४ संकेत दिने वचन गरेका थिए । जसको पालन यमराज गर्दछन् । जसअनुसार कोहि मानिसलाई मृत्यु आउनु अघि शरीर त्याग गर्ने समय आएको यमराजले संकेत दिने गर्दछन् ।धार्मिकशास्त्र अनुसार मानिसको आयु पूरा भएको र शरीर त्याग गर्ने समय आएको संकेत यमराजले यस प्रकारले दिने गरेका छन् । 

– पहिलो संकेतअधिकांश मानिसको उमेर बढ्दै जाँदा कपाल सेता हुन थाल्दछ । मानिसको आयु सकिएको संकेत गर्ने यमराजको पहिलो संकेत भनेको मानिसको उमेर बढेसंगै उसको कपाल सेता हुदैं जानु हो । यसले मानिसलाई उमेर संगै आयु सकिन लागेको संकेत गर्दछ । 

– दोश्रो संकेतयमराजको दोश्रो संकेत भनेको उमेर बढ्दै जाँदा मानिसको दाँत समेत झर्न थाल्दछन् । यसले मानिसलाई आयु सकिँदै गएको संकेत गर्दछ । दाँत झरेसंगै मानिसको शरीरले मुक्तिको मार्ग खोज्न थालेको संकेत गर्दछ । 

– तेश्रो संकेत मानिसको आयु सकिएको तेश्रो संकेत भनेको मानिसको ज्ञानेन्द्रीय कमजोर हुदैँ जानु हो । शरीर बुढो भएपछि मानिसको हेर्ने, सुन्ने लगायतका क्षमता कम हुँदै जान्छन् । यस समय यमराजको संकेत रहन्छ अब सृष्टिको कुरा भन्दा पनि आत्म चिन्तन र मननमा ध्यान केन्द्रित गर । 

– चौथो संकेत यमराजको चौथो संकेत मानिसको उमेर बढेसँगै शरीर पहिले झै सिधा रहँदैन । अर्थात शरीर कुप्रो हुन (झुक्न) थाल्दछ । जसले मानिस आफ्नो शरीरको बोझ आफै थाम्न सक्दैन । यमराज यस अवस्थाबाट संकेत गर्दछन् कि अब शरीरलाई सहाराको आवश्यकता छ जो ब्रम्हलिन भएपछि मात्र सम्भव छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *