इनोभेटिभ बास्केटबल भोलिदेखि

माघ २०, काठमाडाैँ ।  इनोभेटिभ इङलिस स्कुलको आयोजनामा नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । 

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १० र सिनियर गर्ल्स ७ गरी १७ टिमको सहभागिता रहने इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । 

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने इनोभेटिभका प्रिन्सिपल विजय थापाले जानकारी  दिए । ब्वाइज र गर्ल्स दुवैमा गत संस्करणको उपाधि विल्सन एकेडेमीले जितेको थियो । फाइनल माघ २७ गते हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *