बलात्कार प्रयास मुद्दामा महराले पाए सफाई

  

फागुन ५, काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास मुद्दामा सफाई पाएका छन् ।   

काठमाडौं जिल्ला अदालतले सोमबार उनको मुद्दामा सुनुवाई गर्दै सफाई दिएको हो । जिल्ला अदालतका न्यायधीश अमरराज पौडेलको इजलासले उनलाई सफाई दिएको हो ।   

null

महरामाथि संघीय संसदकी कर्मचारी रोशनी शाहीले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

अभियोगको थप अनुसन्धानका लागि उनलाई थुनामा पठाइएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *