मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान पक्राउ
२०७६ फागुन ६ गते

फागुन ६, काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी मानिने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी प्रहरीलाई दुर्व्यवहार गर्ने लामालाई प्रहरीले लाजिम्पाटस्थित सांग्रिला होटल अगाडिबाट सोमबार राति पक्राउ गरेको हो।
लामा यसअघि गत असारमा ठगीको आरोपमा पक्राउ परेका थिए।
नेपाल प्रहरीको ‘क’ वर्गको गुण्डाको सूचीमा रहेका दावा लामाको सहयोगीका रुपमा काम गर्दै आएका सत्यमानबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारका थुप्रै उजुरी रहेको प्रहरीले जनाएको छ।

२०७६ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित








