छैठौं चरणको निःशुल्क प्राथमिक उपचार तालिम चैत्र २० देखि १३ जिल्लामा सञ्चालन हुने

माघ २१,काठमाडौं । सामाजिक अभियान्ता ओम उप्रेतीले सञ्चालन गर्दै आएको निःशुलक प्राथमिक उपचार तालिमको छैठौं भाग यहि चैत्र २० बाट सुरु हुने भएको छ । 

नेपालमा प्राथमिक उपचारको अभावमा थुप्रै नेपालीले ज्यान गुमाउनु परेको अवस्थामा युएईमा व्यवसाय गर्दै आएका उप्रेतीले निःशुल्क प्राथमिक उपचार तालिम केहि बर्ष देखि दिदै आइरहेका छन् ।   

छैठौं चरणको तालिम यहि चैत्र २० गते गोरखाबाट सुरु गरेर नवलपुरमा आएर बैशाख ४ गते सकिने उप्रेतीले जनाएका छन् ।   

डिस्कभरी रोयल स्पोर्टस प्रा.ली अन्तर्गत उप्रेतीले देशका विभिन्न भूभागमा तालिम सञ्चालन गर्दै आएका छन् । भने, यो पटक यस्तो छ उनको निःशुल्क प्राथमिक तालिम अभियानः 

१, गोरखा चैत्र २० गते 

२, लमजुङ चैत्र २१ गते 

३, पर्वत चैत्र २३ गते 

४, म्यांग्दी चैत्र २४ गते 

५, बाग्लुङ चैत्र २५ गते 

६, रुकुम पूर्व चैत्र २६ गते 

७, रुकुम पश्चिम चैत्र २७ गते 

८, रोल्पा चैत्र २८ गते 

९, प्यूठान चैत्र २९ गते 

१०, अर्घाखाँची चैत्र ३० गते 

११, कपिलबस्तु बैशाख २ गते 

१२, परासी बैशाख ३ गते 

१३, नवलपुर बैशाख ४ गते 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *