आयो ‘धुलो’ हेर्नुस् ट्रेलर,

फागुन ६, काठमाडौं । ‘धुलो’ फिल्मको ट्रेलर राजधानीमा मंगलबार आयोजीत प्रेसमिटमा सार्वजनीक गरिएको छ । नेपाल टेलिभिजनमा वरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म १६ फागुनमा प्रदर्शन हुँदैछ ।   

राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको वास्तविक जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवालाई विशेष भूमिकामा प्रस्तुत गरिएको छ । 

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए । उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए ।   

अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनिक नभइ यथार्थ जीवनका कथामा बुनिएको बताए भने अभिनेत्री सृजना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दावी गरिन् । निर्माता संघका अध्यक्ष अधिकारीले आफूले  केही समयअघिनै ‘धुलो’ हेरिसकेको बताउँदै फिल्म राम्रो विषयवस्तुमा निर्माण भएकाले सफलता प्राप्त गर्नेमा विश्वस्त रहेको सुनाए ।   

उनले यो फिल्मले कलात्मक पाटोलाई सजिव ढंगले प्रस्तुत गरेकाले सबैलाई एकपट हेर्न अनुरोध गरे ।   

कार्यक्रममा चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, ‘धुलो’का गीतकार केशव मिश्र, गायक युवराज चौलागाईँ, प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्न्यात र प्रोजेक्ट एडभाइजर सिके वाग्लेले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । 

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । केशव मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।   

हेर्नुस् ट्रेलरः  

https://youtu.be/FNQtLjXaNmg 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *