ए डिभिजन लिग : ब्रिगेडलाई हराउँदै आर्मी शीर्ष स्थानमा उक्लियो

माघ २८, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत मंगलबार भएको खेलमा  ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै आर्मी शीर्षस्थानमा उक्लिएको छ । ब्रिगेडलाई ३–० ले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।   

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको यो सिजनको नवौं जितका लागि आर्मीलाई   कप्तान भरत खवास, विकास खवास र टेक बहादुर बुढाथोकीले १–१ गोल गरेका थिए । 

खेलको पाँचौं मिनेटमै जर्ज प्रिन्स कार्कीको क्रसमा कप्तान भरतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५४ औं मिनेटमा विकास खवासले सन्तोष तामाङको पासमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । ७० औं मिनेटमा टेक बहादुरले गोल गर्दै आर्मीको अग्रता तेब्बर पारे । उक्त गोलसंगै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।   

योसँगै १२ खेलबाट २९ अंकसहित आर्मी शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट २८ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ । १४ क्लब सहभागी लिगको फाइनलमा अब यी दुई क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल फागुन ३ गते शनिबार दशरथ रंगशालमा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *