पल र पूजाकाे ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

फागुन १, काठमाडौँ । बिहिबार राजधानीमा सुदर्शन थापाद्वारा निर्देशित चलचित्र  ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक गरिएको छ ।   

तीन मिनेट भन्दा बढीको उक्त ट्रेलरमा चलचित्रका नायक पल शाह र नायिका पूजा शर्माको प्रेम, रोमान्स र विछोडलाई देखाईएको छ ।  ट्रेलरमा पल शाहलाई सुपरस्टार गायकको रुपमा देखाइएको छ । नायिका पूजा शर्मालाई राइजिङ स्टारको रुपमा प्रस्तुत गरिएको छ ।   

एक महिलाको गायिका बन्ने संघर्षको बिषयमा बनेको यस चलचित्रमा  पल र पूजाबाहेक हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ । 

Image result for ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

नायिका पूजा र निर्देशक सुदर्शनको लगानीमा बनेको यस चलचित्रलाई सौरभ लामाले छायाँकन गरेका हुन् । बनिष शाह र मिलन श्रेष्ठले सम्पादन रहेको  ‘म यस्तो गीत गाउँछु २’ को कथा शिवम् अधिकारी र दिनेश न्यौपानेले  लेखेका हुन् । चलचित्रको प्रदर्शन मिति भने फागुन २३ गते तय भएको छ ।   

https://youtu.be/XtZGZmtXsu0 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =