भण्डाराको चेपाङ मार्गबाट गाँजासहित ४ पक्राउ
२०७६ फागुन १३ गते

फागुन १३, चितवन । चितवनको राप्ती नगरपालिकाबाट लागू औषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बोलेरो गाडीमा लुकाई छिपाई भण्डारा तर्फ ल्याउँदै गरेको अवस्थामा चालकसहित ४ जनालाई १७ किलो गाँजासहित राप्तीको चेपाङ मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक शुसिल कुमार पाण्डेले बताए ।
पक्राउ पर्नेमा राप्ती नगरपालिका ११ का टिकाराम स्याङ्वो,सिंहवहादुर घलान ,बाबुराम स्याङ्वो तथा बोलेरो चालक मकवानपुर राक्सिराङ ७ का युवराज तामाङ रहेका छन् ।

तीन जनाले चार वटा झोलामा सो परिणामको गाँजा लुकाई छिपाई ल्याईरहेका थिए । सो बाेलेरो यात्रु वोक्न प्रयोग हुँदै आएको छ । नियन्त्रणमा लिईएको गाडी, गाँजा र पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय खैरहनीको जिम्मा लगाईएको प्रहरी निरीक्षक पाण्डेले बताए।
२०७६ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








