चन्द्रागिरि उद्योगको दानाले किसानहरू खुशी

माघ २६, काठमाडौँ । सामान्यतया कुखुराको दाना तयार गर्दा मकै, भटमास, मिनरल मिक्स्चर, भिटामिन बी कम्प्लेक्स, सूर्यमुखी र तिलको पिना, हड्डीको धूलो, ढुटो, चोकर, बिभिन्न औषधिको मिश्रण गरिन्छ। तर, यी कच्चा पदार्थ कति गुणस्तरीय छन्, यसको जाँच कतैबाट भइरहेको छैन। परिणामतः किसान आफैंले प्रयोग गरिरहेको दानाबारे जानकारी पाउने अधिकारबाटै बञ्चित छन्।
यस्तै समस्यावाट छुट्कारा पाउन र चन्द्रागिरिका किसान होस या उपत्यकाका किसानहरूलाई गुणस्तरीय दान दिने उदेश्यका साथ लामो समय देखि कृषि क्षेत्रमा लाग्दै आएका युवा कृषकहरूले सञ्चालनमा ल्याएको गुणस्तरीय दाना हो चन्द्रागिरि दाना ।
चन्द्रागिरि दाना उद्योग स्थापना गरि गाई भैसी, बगुँर कुखुराको दाना बनाई छोटो समयमै किसानको मन जित्न सफल भईसकेको छ चन्द्रागिरि दाना ।

चन्द्रागिरि दाना उद्योगका सञ्चालक तथा युवा कृषक धर्मराज दानी भन्छन्, “के–के मिलाएर दाना बनाइएको हो भन्ने जानकारी नै लुकाइएपछि दाना उत्पादकले जे भन्यो त्यही पत्याउनुपरेको छ त्यहि भएर हामीले मिलेर गुणस्तरीय दान उत्पादन गरि आफ्नै लागि र किसानका लागि पनि गुणस्तरीय दाना उत्पादन कार्यमा लागेर सफलता प्राप्ति गरिरहेका छौ त्यो नै हाम्रो लागि सन्तुष्ट हो र किसानका लागि हामी विश्वास बन्दैछौ।” दानीले किसानहरूले आफ्नो उत्पादन भएको दानवाट किसानहरूले राम्रो प्रतिफल हासिल गरेको प्रति खुशी व्यक्त गरेका छन् ।
चन्द्रागिरि दाना उद्योगले करिब एक वर्ष देखि लाखौं लगानीमा उत्पादन सुरू गरिएको दाना उद्योग मास प्रविधिको दान उत्पादन गर्दै आएको छ ।
अनुभवी र कृषि क्षेत्र बिगत लामो समय देखि लाग्दै आएका व्यक्तिहरूले सञ्चालन गर्दै आएको उद्योग छोटो समयमै किसानहरूको मन विश्वास जित्न मात्र सफल भएको छैन उक्त दाना चलाउन थालेपछि किसानहरूको आयमा समेत बृदृि भएको स्टार गाई फमका सञ्चालक नविन राई बताउछन् ।
चन्द्रागिरि नगरपालिका १० का स्टार गाई फार्मकामा करिव ३० वटा गाई रहेका छन । उनले फाममा होल्डस्टेन, जर्सि लगायतका ३० वटा गाईहरू पाल्दै आएका छन् । केही समय पहिला गाईलाई आहारा पुर्याउन निकै गाह्रो परथ्यो तर अहिले फरक भएको छ गाईको दाना चलाउने किसानले दाना बाहेक ढुटो, पिठो, र चोकर चलाउन नपर्ने र मासिक आम्दानिमा समेत बृद्धि भएको गाई फाम सञ्चालक नविन राईको भनाइ छ ।
चन्द्रागिरि २ बाड्भञ्ज्याङ्गका कुखुरा पालक किसान तथा दाना उद्योगका सञ्चालक सुदिप पोखरेलले चन्द्रगिरि दाना कुखुराका लागि प्रयोग गर्न थालेपछि लेयर्स जातका कुखुराले सोचे भन्दा धेरै प्रतिफल दिएको बताए ।
बिगतका वर्षहरूमा उनले लेयर्स जातका कुखुराको पनि अनुभव राम्रोे छ। अहिले चन्द्रागिरि दाना चलाउन थालेपछि उनी उत्पादनमा बृद्धि भएसंगै उनी खुशी मात्र छैन अरू किसानहरूलाई पनि यहि दाना प्रयोग गर्न सल्लाह दिने गर्छन् ।
चन्द्रागिरि दाना उद्योगका सञ्चालक मनहरी बलामीले नेपाल अधिराज्यका गरीब किसान जनताहरुको जीवनस्तर उकास्ने र कृषि जन्य पौष्टिक एवं खाद्य पदार्थको आधारभुत आवश्यकता परिपूर्ति गर्न, नेपाल अधिराज्यभर विभिन्न किसीमका गाई, भैँसी, कुखुरा, बंगुर, हाँस आदि पशुपंक्षीहरु व्यवसायीक रुपमा पाल्ने उद्योग तथा किसानहरुलाई आवश्यक पशुपंक्षीको निमित्त पौष्टिक एवं सन्तुलीत दाना उत्पादन गर्ने कार्यमा सम्मिलित व्यवसायीहरुको हितको प्रवद्र्धन गर्दै दाना उत्पादन गर्ने व्यवसायको प्रवद्र्धन तथा विकास गर्न दाना उत्पादक व्यवसायीहरुको आपसी सहयोग र समझदारी बढाउन चन्द्रागिरि दाना उद्योगले निकट भबिष्यमा योजना बद्ध तवरले लागि रहेको बताए ।
चन्द्रागिरि दाना उद्योगले चन्द्रागिरि दाना उद्योगवाट उतपादित दाना चलाउने किसानहरूलाई निशुल्क डाक्टर तथा पशुचिकित्सक उपलब्ध गराउँदै आएको छ । कम्पनीले कुखुराको मास दाना र गाई भैसीकाा लागि मिठास दान उत्पादन गर्दै आएको छ ।








