नेपालको ओडिआई वरियतामा सुधार, उक्लियो १६ औं स्थानमा

फागुन ५, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) एक दिवसिय अन्तर्राष्ट्रिय (ओडीआई) वरियतामा नेपालले सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरियतामा एक स्थान सुधार गर्दै नेपाल १६ औं स्थानमा उक्लिएको हो ।   

घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा २ जित निकालेपछि नेपालले वरियतामा सुधार गरेको हो । ओमान र अमेरिकासँग भएको सिरिजमा नेपालले ४ खेलमा २ जित निकालेको थियो । नेपाल ओमानसँगको दुई खेलमा पराजित हुँदा अमेरिकासँगको दुई खेलमा विजयी भएको थियो । 

नयाँ वरियता अनुसार नेपालको १२ खेलमा २ सय ३७ अंक र २० रेटिङ छ । १७ औं स्थानमा नामिबिया, १८ औं यूएई, १९ मा अमेरिका र २० मा पप्पुवा न्युगिनी छन् । शीर्ष स्थानमा इंग्ल्यान्ड छ । भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्टेलिया पाँचौ स्थानमा छन् । पाकिस्तान छैटौं, बंगलादेश सातौ, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान शीर्ष १० मा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *