जेभियर र साइपाल च्याम्पियन

फागुन ५, काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबल उपाधि  जितेका छन् । सोमबार भएको खेलमा जेभियर ब्वाइज तथा साइपाल गर्ल्समा च्याम्पियन भएका हुन् । 

काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जेभियरले सीसीआरसीलाई ४८–३९ ले पराजित ग¥यो । जेभियरको जितमा सागर तामाङले १० अंक योगदान गरे । जेभियरले पहिलो क्वाटरमा ११–८ र दोश्रोमा १३–१२ को अग्रता लियो । तेश्रोमा १२–१३ ले पछि परेको जेभियरले चौथो क्वाटर १२–६ ले आफ्नो पक्षमा पा¥यो । 

गल्र्सको उपाधि भिडन्तमा दृष्टि श्रेष्ठको ११ अंक सहयोगमा साइपालले मोर्गनलाई ३६–२७ ले हरायो । साइपालले पहिलोमा १२–२ र दोश्रोमा ६–३ को प्रदर्शन गर्दै जितको आधार खडा गरेको थियो । साइपाल तेश्रोमा ७–९ र चौथोमा ११–१३ ले पछि रह्यो । यो वर्ष साइपालले समग्रमा उपाधि जितेको १० औं पटक हो । 

4.JPG

बसुन्धरास्थित ऋत एकेडेमीमा भएको प्रतियोगिताको ब्वाइजमा जेभियरका शिशिर कुँवर तथा गल्र्समा साइपालकी पुनम राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । 

विजेतालाई आयोजक काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी र सह–सचिव आनन्दकुमार यादवले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १९ र गल्र्समा ७ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । खेलकुद सप्ताहमा ५ खेल राखिएकोमा ४ खेल सम्पन्न भइसकेका छन् । बास्केटबलअघि ब्वाइज÷गल्र्सको भलिबल, टग अफ वार र टेबलटेनिस सम्पन्न भइसकेको छ । मंगलबार फुटसलको समापनसंगै हिसान खेलकुद सप्ताहले बिट मार्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *