म्यानचेस्टर सिटीमाथि लाग्यो दुई बर्षको प्रतिबन्ध

फागुन ३, काठमाडौं । इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीमाथि आगामी दुई सिजन युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ । म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षका लागि प्रतिबन्ध लगाएको हो । 

सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको छ । सिटीले यस विषयलाई कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा अपिलको लागि पुर्याएको छ । सिटीले यस किसिमको सजाय पाउँदा अचम्मित नभएको बताउँदै अपिल गर्ने बताएको छ । 

सन् २०१२ देखि २०१६ सम्ममा प्रायोजना मार्फत क्लबले प्राप्त गरेको रकमबारे सही जानकारी नदिएको र अनुसन्धानमा सहयोग समेत नगरेको युइएफएले गठन गरेको छानविन समितिले उल्लेख गरेको छ । प्रिमियर लिगमा सिटीको अंक घट्न पनि सक्छ । प्रतिबन्धको अर्थ म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग वा युरोपा कप फुटबल खेल्न पाउने छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *